तिनाउ-२,दोभान,पाल्पा

०७५-४१३००६

हाम्राे बारेमा | विद्यालयको परिचय

विद्यालयको परिचय

१. विद्यालयको परिचय 

१.१ विद्यालयको परिचय 
    पाल्पा जिल्लाका विभिन्न विद्यालयहरु मध्ये दोभान माध्यमिक विद्यालय पनि एक हो । वि.स.२०१८ मा स्थापित यस विद्यालयले ६०-०६१ वर्षको यात्रा पुरा गरिसकेको छ । जैविक विविधता र जंगलको धनि यस दोभान गाउँ (तत्कालिन दोभान पञ्चायत  ,दोभान गा.वि.स.) क्षेत्रको शिक्षाको नेतृत्वदार्या भूमिका निर्वाह गर्दै आइरहेको यस विद्यालयको समय समय आरोह, अवरोहहरु झेल्दै र पार गर्दै आइरहेको छ । समय र परिवर्तीत समय र सन्दर्भका माग सँगै हिड्न र आफ्ना कार्यक्रमहरु छनौट गर्न, तय गर्न र कार्यक्रमहरु कार्यान्वयन र विस्तार गर्न यस विद्यालयलाई विभिन्न कठिनाईहरु छन् । यसो भइरहनुमा कुशल व्यवस्थापन, प्रतिबद्ध र इमान्दार नेतृत्व,उत्कृष्ठ जनशक्ति, दिगो आर्थिक, भौतिक र प्राविधिक व्यवस्थापन र उपलब्धताको अभाव हुन् ।

१.२ भौगालिक अवस्थिति 
    पाल्पा जिल्लाको दक्षिण–पश्चिम सिमानामा अवस्थित तिनाउ गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पा जिल्लाको दोस्रो ठूलो गाउँपालिका हो । घना–वन क्षेत्रले ओगटेको यो गाउँपालिकाको दक्षिणमा रुपन्देही जिल्ला पूर्वमा माथागढी गाउँपालिका पाल्पा–उत्तरमा तानसेन नगरपालिका र पश्चिममा रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका रहेका छन् ।
घना वन क्षेत्रले ढाकिएको यो गाउँपालिका वन र वन पैदावारका हिसावले धनि छ । विद्यालय भवन रहेको गाउँ –तिनाउ गाउँपालिका वडा नं. २, गणेशटोल, नुवाकोट डाँडाको पूर्वि काखमा रहेको छ । यो भवन क्षेत्र गाउँ – दोभान खोलाको पश्चिम पट्टि र झिर्वा खोलाको दक्षिणमा अवस्थित छ ।

१.३ पहुँच 
    यो विद्यालयमा जान सडक सञलको पहुँच स्थापित भएको छ । सिद्धार्थ रार्जमार्गको तिनाउ गा.पा. वडा नं. ३ पैठेडाँडा बाट करिब १.५ कि.मि. को कच्ची सडकको मात्रा पछि विद्यालयमा पुग्न सकिन्छ ।
    पैठेडाँडा बाट पैदलै पनि विद्यालय पुग्न सकिन्छ । पैठेडाँडा बाट करिब  २० मिनेटको पश्चिम तर्फको यात्रा गरिसकेपछि विद्यालयमा पुग्न सकिन्छ ।
    पैठेडाँडा सम्म बुटवलबाट, पोखरा,तानसेन, गुल्मी जाने बस सेवा निरन्तर पाउन सकिन्छ ।

  १.४ सामाजिक अवस्था र समुदायको बनोट ः
    तिनाउ गाउापालिकामा विभिन्न जातजाति र धर्मावलम्बीहरुको बसोबास छ । जातीय आधारमा मगर र धर्मका आधारमा हिन्दुहरुको अधिक बाहुल्यता रहेको यस गाउँमा मगर बाहेक क्षेत्री, ब्राहमण विश्वकर्मा, दर्जी, सार्की, कुमाल, नेवार, थकाली र गुरुङ्ग जातीका मानिसहरु बसोबास गर्दछन् । हिन्दु धर्म बाहेक बौद्ध धर्म मान्ने मानिसहरु यहाँ बसोबास गर्दछन् । पछिल्ला वर्षहरुमा इसाई धर्म पट्टि पनि मानिसहरु लागीरहेका छन् ।
    भाषागत रुपमा –सबै मानिसहरुको मातृभाषा नेपाली नै हो । वडा नं. ४ र ५ मा भने मगर भाषीहरुको बाहुल्यता छ ।
    
यहाँका मानिसहरु केहि मात्रामा सरकारी जागिर, नेपाल प्रहरी र सेनामा सेवारत छन् । केही वुटवल आसपासका व्यवसायिक प्रतिष्ठान र फर्महरुमा कार्यरत छन् । भारत र तेस्रो मुलुकमा रोजगारीमा पनि मानिसहरु छन् । केहीले स–साना व्यवसाय सञ्चालन गर्ने गर्दछन् । अधिकांश कृषि र पशुपालन पेशाबाट आय आर्जन र जीवन निर्वाह गर्ने गर्दछन् । पछिल्ला वर्षहरुमा चुन ढुङ्गा खानीहरुको विस्तारमा यातायात मजदुरीमा पनि केही युवाहरु लागिरहेका छन् । पछिल्ला २÷३ वर्ष देखि व्यवसायिक कुखुरा पालन र बेमौसमी तरकारी खेती र तिनको व्यापारमा पनि स्थानीय महिला र पुरुषहरु लागि रहेका छन् ।
    यस गाउँक्षेत्रमा मध्यम र निम्न वर्गका मानिसहरुको बसोबासको बाहुल्यता छ । विभिन्न जाति र धर्मका मानिसहरु बिच सुमधुर र  सौन्दर्यपूर्ण व्यवहार र बाहुल्यता रहेको छ । सामाजिक रुपमा सहमति र सहकार्यको पुरानो संस्कार रहेपनि पछिल्ला वर्षहरुमा राजनैतिक र सामाजिक दन्द्धका हिसाबले यो क्षेत्र अछुतो रहन सकेन ।

१.५ ऐतिहासिक पृष्ठभूमी
    वैदिक सनातन धर्मका गुरु सन्त ः अर्तृहरीको पवित्र तपोभूमी सिद्धबाबा धाम रहेको यो क्षेत्र जैविक तथा वनस्पतिक– जडिबुटीका हिसाबले धनी क्षेत्र हो । यसको ७६५ भन्दा बढी क्षेत्र वन र बुट्यान क्षेत्रले ओगटेको छ । यो ग्रामीण क्षेत्र रमणीय छ । आधुनिक मानव इतिहासका प्रथम मानव  रामापिथेकसको जीवावशेष भेटिएको ठाउँ पनि – सिद्धबाबा धामबाटै केही मात्र उत्तरमा पर्दछ । यसले पनि यसको इतिहास चाखलाग्दो छ । 

    इतिहासको कालखण्डमा तत्कालिन स्यूराज क्षेत्र–मगरात राज्य पाल्पाको सिमाना र एतिहासिक जितगढी किल्लाको ठीक उत्तर तर्फ फैलिएको यो गाउँमा नुवाकोट दरवार समेत रहेको थियो भने विद्यालय क्षेत्रमा सेन कालको पौवा पनि रहेको थियो ।

    तिनाउ गा.पा. मा रहेको विद्यालयहरुमध्ये मस्याम मा.वि. २०१४ वि.सं. र सरस्वती आधारभूत –२०१४ वि.सं. पछि यो विद्यालय २०१८ सालमा यस गाउँ क्षेत्रका (तत्कालिन दोभान गाउँका) समाजसेवी, शिक्षानुरागी र केही भूत–पूर्वक र तत्कालिन भारतीय सेनामा कार्यरत मानिसहरुको पहलमा प्राथमिक तहबाट शुरु भएको यो विद्यालयले हाल माध्यमिक तह सम्मको शिक्षा – साधारण धार र प्राविधिक धार तर्फ वाली बिज्ञान तर्फ गरेर शिक्षा प्रदान गरिरहेको छ ।
    
    तत्कालिन अवस्थामा (सिद्धार्थ राजमार्ग खुल्नु अगावै) रानीबास र मरेक दोभान क्षेत्रका व्यापारिक र यातायातको नाकाका दृष्टिले धनि मानिन्थयो । मरेकमा २०१४ सालमा स्थापित भएको सरस्वती प्रा.वि. हाल सरस्वती आधारभूत विद्यालयको शाखाका रुपमा आफ्ना शुरुका वर्षहरु पार गरेको यर विद्यालयले २०१८ वि.सं. मा दर्ता र २०३३ मा आएर शिक्षक दरबन्दी प्राप्त गरेको पाइन्छ । शुरुमा दोभान खोलाको पूर्वी छेउमा–हाल गा.पा. भवन रहेको क्षेत्रमा व्यक्तिगत घरमा कक्षा शुरु गरेको यस विद्यालयको धेरै आरोह–अवरोहहरु पार, दोभान–गणेश टोलमा–खोलाको पश्चिम पट्टिको बस्तिमा २०३९ सालमा आफ्नो भवन बनायो । त्यसबेला भवन बनाउदा नुवाकोट क्षेत्रमा रहेको जिर्ण पौवा समेत भत्कायर त्यसका सामाग्रीहरु –ईट्टा,काठ, झ्याल र ढोकाहरु प्रयोगमा ल्याइएको कुरा पाका पुस्ताबाट थाहा हुन्छ ।

    दोभान गाउँ–नेपालका विभिन्न ठाउँहरुबाट बसाई सरि आएका मानिसहरुको बस्ती हो । यस क्षेत्रमा प्यूठान, बाग्लुङ्ग, गुल्मी, स्याङ्जा, कास्की रअर्घाखाँचीका विभिन्न ठाउँहरु बसाई सरि आएका मानिसहरु र तिनीहरुका सन्तानहरु बसोबास गरिरहेका छन् । यस विद्यालयले यसका शुरुवाती दिनहरु देखी नै आफ्ना विभिन्न कार्यक्रमहरुका माध्यमबाट जनताहरु–तिनीहरुका सन्तानहरुलाई साक्षर र शिक्षित बनाउँदै गइरहेको छ ।

    वि.सं. २०१८ मा स्थापित भई २०३३ सालमा दरबन्दी प्राप्त गर्न पाएको दोभान प्रा.वि. ले २०३५ बाट नि.मा.वि. र २०४४ बाट मा.वि. तह सम्म स्तर उन्नती गर्न सफल भएको पाइन्छ । २०६३ बाट ११–१२ को शिक्षाशास्त्र संकाय र वाणिज्य शास्त्र संकायको अध्यापन शुरु गरेको यस विद्यालयको २०७४ बाट मा.वि. तह तर्फ प्राविधिक धार वाली बिज्ञानको अध्यापन शुरु गरि आएको छ । यस विद्यालयका विद्यार्थीहरुले पहिलो पटक एस.एल.सी. तहमा परीक्षामा २०४७ मा सम्मिलित हुने अवसर पाएका हुन् । 

    दोभानका केही भागहरु सिद्धार्थ राजमार्गको छोइएता पनि यहाँका बस्तिहरु निकै दुर्गममा र दुरदराजमा समेत रहेको छ । त्यहाँका बालबालिकाहरुलाई शिक्षाको अवसर प्राप्त गर्न निकै कठिन भइरहेको छ । तर पनि विद्यार्थीहरु, शिक्षकहरु र अभिभावकहरुको सक्रियता र तदारुकताका कारण पछिल्ला वर्षहरुमा आइपुग्दा यस विद्यालयले आफूलाई साधन र स्रोतबाट व्यवस्थित गर्ने आफ्ना कार्यक्रम सञ्चानल गर्ने प्रयास गरिरहेको छ ।

१.६ विद्यालय सेवा क्षेत्र  ः
    
    तिनाउ गाउँपालिका दोभान क्षेत्रमा  वस्तिहरु छरिएर रहेको  गाउँ क्षेत्र हो । बाहिरबाट झट्ट हेर्दा सिमित मानव वस्ति देखिने यस क्षेत्रमा स–साना गाउँहरु जंगलका बिचबिचमा छरिएर रहेका छन् । जंगल, खोला र खोल्साहरु  धरै भएकाले बर्षायाम तथा पक्की सडक नहुनाले   बालबालिकाहरु विद्यालयसम्म पुग्न सजिलो छैन  । 
    विद्यालयको सेवा क्षेत्रको नक्साङ्कन वि.स. मा गरिएको हो । त्यस अनुसारको क्षेत्र निम्नानुसार छ ।

१.७  विद्यालय सेवा क्षेत्र विवरण 
पूर्व प्राथमिक र प्राथमिक तह

क्र.सं.  सेवा क्षेत्र रहेका वडा  बस्तिहरु    विद्यालय सम्मको दूरी र समय
१.   वडा नं. २  डोल २५ मिनेट
    घोडेबस १० मिनेट  
    सिस्नेरी २५ मिनेट
    कुसुमडाँडा २० मिनेट
    भ्यागुते पानी २० मिनेट
    ठूलो खेत २५ मिनेट
    दमार १० मिनेट
    तल्लो सिस्नेरी २० मिनेट
    गणेशटोल ५ मिनेट
    बेलदमार २५ मिनेट
    बोटे गाँउ १५ मिनेट
    लामा चौपारी १० मिनेट
    शान्तिटाेल ५ मिनेट
    खेत खोला  ३० मिनेट
२. वडा नं. ३   पैठेडाँडा १५ मिनेट
      ,भूतखोला २०–२५ मिनेट
    गड्डा(४÷५ कक्षा) १ घण्टा–शिव प्रा.वि.

निम्न माध्यमिक तह ६–८ (प्रा.वि. तहका सबै बस्ति र थप)

क्र.सं.  सेवा क्षेत्र रहेका वडा  बस्तिहरु       विद्यालय सम्मको दूरी र समय
१.  वडा  नं. २ नुवाकोट १ घण्टा (रुपा प्रा.वि.)
    बडहरे १ घण्टा (बालज्योती )
    माराबास १ घण्टा १५ मिनेट    (बालज्योती )
    गड्डा १.५ घण्टा  ( शिव प्रा.वि.)

        माध्यमिक तह ९–१०

क्र.सं.  सेवा क्षेत्र रहेका वडा बस्तिहरु    विद्यालय सम्मको दूरी र समय
 वडा नं. २ पासकुण्डा  १ घण्टा कालिका आधारभूत
    बुढासटक   १.३ घण्टा
    खुर्साने  १.५ घण्टा

     सेवा क्षेत्र बाहेक वाली बिज्ञान ९–१०

क्र.सं.  सेवा क्षेत्र रहेका वडा बस्तिहरु विद्यालय सम्मको दूरी र समय
  बगाहा  १ घण्टा १५ मिनेट   थानीडाँडा मा.वि.
   व डा नं. १  कचल फाँट  ३ घण्टा   (युवा वर्ष मा.वि.)
    आरुखुदी  
    ओखलढुङ्गा २ घण्टा   (ज्ञानोदय मा.वि.)
   ज्यामिरे  
    फुलवारी २.५ घण्टा (आदर्श आधारभूत)
  सत्यवती गाउँ  ३.५ घण्टा (पृथ्वी प्रकाश मा.वि.)

    कक्षा ११ र१२ –  मथिका सबै क्षेत्र

क्र.सं. सेवा क्षेत्र रहेका वडा   बस्तिहरु  विद्यालय सम्मको दूरी र समय
१.  वडा नं. २ झ्याङ्ला    १.५ घण्टा
    बगाहा १ घण्टा ४५ मि.थानीडाँडा मा.वि.
    हरियाली गाउँ २ घण्टा



           


 

 स्थानीय श्रोत र साधनको अधिकतम उपयोग हुने गरि गरिएको दिगो व्यवस्थापन सहितको प्रभावकारी योजनाका माध्यमबाट विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय समुदाय, स्थानीय संघसंस्था र निकायहरुको सक्रिय सहभागिता विद्यार्थीहरुलाई अनुशासित, चरित्रवान, प्रकृतिप्रेमी, सामाजिक–व्यवहारिक, मित्रवत, लोकतान्त्रिक आचरण तथा संरक्षण प्रेमी संस्कार र व्यवहार द्धारा शिक्षित–दिक्षित गर्दै असल तथा समानुकुलता दक्ष नागरिक उत्पादन गर्नु विद्यालयको लक्षय रहेको छ ।

 

शिक्षाका विषयगत, तहगत र राष्ट्रिय आवश्यकता परिपूर्ति गर्ने उद्देश्यका लागि प्राथमिक तहमा खेल केन्द्रित तथा बाल केन्द्रित शिक्षण विधि तथा प्रकृति प्रेमी–लोकतान्त्रिक आचरणद्धारा व्यवहारिक सिप र शिक्षा प्रदान गर्नुु ,
    सामाजिक, व्यवहारिक तथा विद्यार्थीहरुको सक्रिय सहभागितामा शिक्षण गर्ने ,
    अनुशासित, कर्तव्यनिष्ठ, व्यवहारिक, प्रकृतिप्रेमी, मानवता र बन्धुत्व भावका–व्यवसायिक जनशक्ति उत्पादनमा महत्वपूर्ण अंगका रुपमा स्थापित गरिरहने,
    समुदाय र राष्ट्रका लागि असल, व्यवहारिक र दक्ष नागरिक उत्पादन गर्नु ,
    मनवता र सेवा तथा संरक्षण प्रेमी धारणको विकास र विस्तार गर्ने,
    सानै उमेर देखि बालबालिकाहरुमा सदाचार, असल आचरण, व्यवहारिक सिप र समालेचनात्मक धारणाको विकास गराउने ।
    लोकतान्त्रिक आचरण र व्यवहार स्थापित गराउने,
    सम्मान माया तथा आदर गर्ने आचरण र व्यवहारिक सिप विकसित गराउने,
    सद्भाव र सहयोगी भावना भएका नागरिक उत्पादन गर्ने गराउने,
    सभ्य, सु–संस्कृत र संस्कारयुक्त शिक्षक र विद्यार्थीहरु उत्पादन गर्ने गराउने ।

 

यस विद्यालयको शिक्षा र शैक्षिक क्रियाकलाप अन्तर्गत नियमित कक्षा शिक्षण बाहेक निम्न कार्यक्रमहरु सञ्चालनका प्रयासहरु गर्दै आइरहेको पाइन्छ ।
–    पूर्व प्राथमिक कक्षा
–    कक्षा ६ देखि कम्प्युटर साक्षरता कार्यक्रम
–    पुस्तकालय÷पुस्तकालय अध्ययन
–    पढाई अभ्यास कार्यक्रम
–    रेडक्रस
–    सेनिटरी प्याड वितरण
–    मास्क÷सेनिटाइजर वितरण
–    तरकारी खेती